Kathmandu Press

बालुवाटारमा जुट्यो आठ दल : लोसपा, जनमत र नागरिक उन्मुक्ति पनि बैठकमा सहभागी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका नेता अब्दुल खानपनि बालुवाटार पुगेका छन् । 
बालुवाटारमा जुट्यो आठ दल : लोसपा, जनमत र नागरिक उन्मुक्ति पनि बैठकमा सहभागी

काठमाडौं, फागुन १२ : पाँच दलीय गठबन्धन बिउताउन बालुवाटारमा जारी बैठकमा थप तीन दल पनि मिसिएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठकमा लोसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि सहभागी भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका नेता अब्दुल खानपनि केहीबेर अघि बालुवाटार पुगेका छन् । 

यसअघि नागरिक उन्मुक्ति र जनमत पार्टी एमाले नेतृत्वको गठबन्धनमा थिए । नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइको माग राख्दै सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासका मत नदिएपछि एमालेको सरकार ढलेको थियो। 

यससँगै चार दलीय बैठक भनिएपनि दलहरुको संख्या आठ दलीय बन्न पुगेको छ । आजको बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्दै नयाँ समिकरण बनाउनेबारे ठोस निर्णय गर्नेछ । 
 

प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्