Kathmandu Press

गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित, अर्काे बैठक १५ गते बस्ने

आज (शुक्रबार) को बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्या नभएको भन्दै नियमापत्ति जनाएपछि गणाना गर्दा ५० जना मात्रै सांसद उपस्थित रहेको पाइएपछि घिमिरेले बैठक स्थगित गरेका हुन्।
गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित, अर्काे बैठक १५ गते बस्ने

काठमाडौं, फागुन १२ : गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।

आज (शुक्रबार) को बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्या नभएको भन्दै नियमापत्ति जनाएपछि गणाना गर्दा ५० जना मात्रै सांसद उपस्थित रहेको पाइएपछि घिमिरेले बैठक स्थगित गरेका हुन्।

२७५ सांसदमध्ये टेकबहादुर गुरुङ निलम्बित छन्। चितवन २ बाट प्रतिनिधिसभा सदस्य रहेका रवि लामिछानेको पद खारेज भएको छ। एकजना सभामुख र एकजना ृपसभामुख छन्। २७१ सांसद उपस्थित हुनुपर्नेमा ५० जनामात्रै सांसद रहेपछि सभामुख देवराज घिमिरेले फागुन १५ गते बस्नेगरी बैठक स्थगित गरेका हुन्।

राष्ट्रपति निर्वाचनले राजनीति गर्माएको बेलामा सांसदहरु बैठक छाडेर हिँडेका हुन्।

प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्