गोंगबुमा भएको लुटपाटबारे सदनलाई जानकारी गराउन सांसद थापाकाे माग
सांसद थापाले बैंक तथा लघुवित्तको ब्याज आतंक, लघुवित्तको ठगीलगायतका घटना बढिरहेको भन्दै यस्ता विषयमा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराए।
काठमाडाैं, फागुन १२ : एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले बालाजु गोंगबु क्षेत्रमा भएको लुटपाटको घटनाबारे सदनलाई जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बाेल्दै उनले बहालवाला प्रतिनिधिसभाका सदस्य डा. चन्द्रकान्त भण्डारीको दुर्घटनाका बारेमा सदनलाई जानकारी गराउन तथा स्वास्थ्योपचारका सन्दर्भमा भइरहेका प्रयासबारे अवगत गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद थापाले बैंक तथा लघुवित्तको ब्याज आतंक, लघुवित्तको ठगीलगायतका घटना बढिरहेको भन्दै यस्ता विषयमा सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराए।
नेपाली कांग्रेसका सांसदहरू मञ्जु खाण, सुनील शर्मा र सीता मिजारलगायतले मुुलुकको समसामयिक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










