Kathmandu Press

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक र जनसरोकारका विषयमा उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।
सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौं, फागुन १२ : सभामुख देवराज घिमिरले सांसदहरूले प्रतिनिधिसभाका विभिन्न बैठकमा उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरले सदनका विभिन्न बैठकमार्फत सांसदहरूले समसामयिक र जनसरोकारका विषयमा उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।

प्रतिनिधिसभाको सधैँ जसो बैठकमा सांसदहरूले जनसरोकारका विषयमा प्रश्न गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रकाशित मिति: १७:४१ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्