Kathmandu Press

सन्दीप विदेश जान नपाउने, सर्वोच्चले दिएन अनुमति 

सर्वोच्चले लामिछानेकाे रिट र महान्यायाधिवक्ताको कार्यालयकाे रिटलाई साथमै राखेर आइतबार सुनुवाई हुने आदेश गरेको छ । 
सन्दीप विदेश जान नपाउने, सर्वोच्चले दिएन अनुमति 

काठमाडौं, फागुन १२ : क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् ।

राष्ट्रिय टिमबाट क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले विहीबार दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सो अनुसारको आदेश दिन अस्वीकार गरेको हो ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लामिछानेलाई विदेश जाने अनुमति नदिएकाे हाे। 

सर्वोच्चको आदेशसँगै आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि सन्दीपलाई पनि लैजाने नेपाल क्रिकेट संघ (क्यान)को तयारीमा ब्रेक लागेको छ ।

सर्वोच्चले सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग सहित महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको रिट र सन्दीपले दिएको रिटलाई साथमै राखेर आइतबार सुनुवाई हुने आदेश गरेको छ । 

प्रकाशित मिति: १७:२४ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्