राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाकाे निर्णय
निर्वाचनमा भोट हाल्ने कि नहाल्ने विषयमा भने छलफल भइरहेको र फागुन २५ अघि बस्ने बैठकले त्यसबारे निर्णय लिने उनले बताए।
काठमाडौं, फागुन १२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ।
राप्रपाको कार्यसम्पादन समितिको बैठकले त्यस्तो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। निर्वाचनमा भोट हाल्ने कि नहाल्ने विषयमा भने छलफल भइरहेको र फागुन २५ अघि बस्ने बैठकले त्यसबारे निर्णय लिने उनले बताए।
राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा छलफल जारी रहेको श्रेष्ठले जानकारी दिए। त्यस्तै बैठकले आगामी चैत्र १८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको उनले जानकारी दिए।
बैठकमा संगठन संरचनालगायत विषयमा पनि छलफल भएको उनले बताए।
प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










