Kathmandu Press

किरण र ममताले ल्याए ‘२२ वर्ष’

किरण आफैंले लेखेको गीतमा देवेन्द्र बरालको संगीत छ। गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ पुस्कार सुनारले गरेका छन्।
किरण र ममताले ल्याए ‘२२ वर्ष’

काठमाडौं, फागुन १२ : गायन रियालिटी साे नेपाल आइडलबाट उदायका गायक किरणकुमार भुजेल र गायिका ममता गुरुङको नयाँ गीत ‘२२ वर्ष’ सार्वजनिक भएको छ।

गीत किरणको अफिसियल युट्युब च्यालन ‘किरण भुजेल अफिसियल’मार्फत सार्वजनिक भएको हो। किरण आफैंले लेखेको गीतमा देवेन्द्र बरालको संगीत छ। गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ पुस्कार सुनारले गरेका छन्।

अशोक भुजेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा गायक किरण र जेनिशा अधिकारीकाे अभियन रहेकाे छ। भिडियो अशोक भुजेलले खिचेका हुन्।

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्