Kathmandu Press

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक :  भुसाल

संविधानको मर्मलाई सम्मान गर्ने राष्ट्रपति आवश्यक :  भुसाल

काठमाडौं, फागुन १२ : नेकपा (माओवादी केन्द्र)का उपध्याक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले संविधानको मर्म र भावनालाई सम्मान गर्ने व्यक्तिलाई सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएकी छन्। कृषि विकास बैंक कर्मचारी सङ्गठनको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भनिन्, ‘हामीलाई राजनीतिक दलको प्रनितिधिभन्दा पनि संविधानको संरक्षण गर्ने राष्ट्रपति चाहिएको छ।’

कुनै राजनीतिक दललाई सघाउने गरी राष्ट्रपति पद प्रयोग हुन्छ कि भन्ने आफ्नो पार्टीको चिन्ता रहेको उल्लेख गर्दै उनले भनिन्, ‘हामीलाई संवैधानिक राष्ट्रपति चाहिएको हो, दलीय भूमिका निर्वाह गर्ने र चर्चामा आउने राष्ट्रपति हामीलाई चाहिएको छैन।’ वर्तमान राष्ट्रपतिले संविधानको मर्म विपरीत सरकारका कामकारवाहीमा अनावश्यक हस्तक्षेप गरेको आफूले अनुभव गरेको उल्लेख गर्दै उनले अब निर्वाचित हुने राष्ट्रपति संविधानको भावनाप्रति प्रतिबद्ध हुने विश्वास व्यक्त गरिन्। 

देशको समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटन नै मुख्य क्षेत्र भएको उल्लेख गर्दै उपाध्यक्ष भुसालले कृषिजन्य वस्तुको आयातलाई रोक्न सके पनि देशको अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरिन्। उनले कृषिसँग सम्बन्धित वित्तीय क्षेत्रले कृषि क्षेत्रलाई नै केन्द्रित गरेर कार्यक्रम ल्याउन सुझाव दिइन्।  

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्