Kathmandu Press

राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल हो ? जनार्दन भन्छन– त्यही होला 

राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल हो ? जनार्दन भन्छन– त्यही होला 

काठमाडौं, फागुन १२ : नेकपा माअ‍ोवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कांग्रेसले सारेकै व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्ने संकेत गरेका छन् । 

शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसँगको कुराकानीमा शर्माले बिहान बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको र सहमति नजिक पुगेको बताएका हुन् । 

उनले निर्णायक छलफल पाँच बजे हुने र सोही छलफलबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने निर्क्यौल हुने जानकारी दिए । 

बालुवाटारमा रामचन्द्र पौडेलको नाममा सहमति भएको हो ? भन्ने पत्रकारहरुको प्रश्नमा सटिक उत्तर दिँदै शर्माले भने,‘त्यही होला।’

बालुवाटारमा पुरानो गठबन्धनका चार दलबीच करिब तीन घन्टा छलफल भएको थियो । छलफलमा कांग्रेसले रामचन्द्र पौडेल र एकीकृत समाजवादीले माधव कुमार नेपाललाई राष्ट्रपति उम्मेदवारको प्रस्ताव गरेको थियो। 

कांग्रेस महामन्त्री गगन थापाले छलफल सकारात्मक बन्दै गएको बताएका थिए ।  
 

प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्