Kathmandu Press

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३५१ रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु 

काठमाडौं, फागुन १२ : सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३५१ रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

त्यसैगरी सरकारले राष्ट्रिय सभाबाट फिर्ता लिएको संवैधानिक परिषद्सम्बन्धी ऐनमा आवश्यक सुधारसहित संसद सचिवालयमा दर्ता गर्न स्विकृति दिएको छ ।

त्यस्तै सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ बमोजिम तयार गरिएको आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रतिवेदनलाई राष्ट्रपतिसमक्ष पेस गर्न स्विकृति दिने निर्णय गरेको छ।

बिहीबारकै बैठकले विकास आयोजनाहरुको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्विकृती दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

त्यसैगरी शनिबार बाहेकका सार्वजनिक बिदामा पनि महत्वपूर्ण सरकारी निकाय खुला गर्न पनि सरकारले आवश्यक तयारी गर्ने निर्णय गरेको छ । 

41677235158.jpg

cabi-2422023113451-1000x01677235158.jpg

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्