Kathmandu Press

साँझ ६ बजे जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए।
साँझ ६ बजे जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, फागुन १२ : राष्ट्रपति निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूको दौडधुप चलिरहेका बेलाजनता समाजवादी पार्टी (जसपा) ले आज (शुक्रबार) केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेकाे छ।

बैठक पार्टी कार्यालयमा बेलुका ६ बजे बस्ने बताइएकाे छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपाको संयुक्त बैठकले गत चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरिरहँदा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको बताइएको छ।

त्यसकारण पनि यो बैठक महत्वपूर्ण हुने आकलन गरिएको छ।

 

प्रकाशित मिति: १५:२५ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्