राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सबैको समर्थन रहन्छ : प्रवक्ता महत
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका बिषयमा सवै दलहरुसँग सकारात्मक रुपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दाबी गरेका हुन्।
काठमाडाैं, फागुन १२ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गरेका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका बिषयमा सवै दलहरुसँग सकारात्मक रुपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दाबी गरेका हुन्।
राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उहाको भनाइ छ।
प्रवक्ता महतले एकीकृत समाजवादीसंग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे।
यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अव कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उनको भनाइ छ।
उनले अरु विषयमा समाजवादीसंग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको जिकिर गरे।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)