यसरी गरिँदै छ हेरिटेज र बुटिक होटलको बर्गिकरण
काठमाडौं, पुस २७ : सरकारले हेरिटेज तथा बुटिक होटलको बर्गिकरण गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयम मन्त्रालयले होटल तथा रिसोर्टसम्बन्धी नया....

काठमाडौं, पुस २७ : सरकारले हेरिटेज तथा बुटिक होटलको बर्गिकरण गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयम मन्त्रालयले होटल तथा रिसोर्टसम्बन्धी नयाँ मापदण्ड ल्याएपछि हेरिटेज तथा बुटिक होटलको बर्गिकरण हुने भएको हो।
यसअघि पर्यटकीय तथा तारे होटलहरु अब हेरिटेज तथा बुटिक होटलका रुपमा रहनेछन्। पर्यटन विभागका अनुसार, पहिलो पटक हेरिटेज तथा बुटिक होटलसम्बन्धी मापदण्ड ल्याइएको हो। हालसम्म पर्यटक स्तरीय तथा तारे होटलका रुपमा रहेका हेरिटेज तथा बुटिक होलटहरु अब बुटिक होलटमा राखिनेछन्।
नयाँ मापदण्ड आएपछि पर्यटन विभागले होरिटेज तथा बुटिक होटललाई बर्गिकरण गर्न आग्रह गरेको छ। विभागले हेरिटेज तथा बुटिक होलटका रुपमा सञ्चालन भएका होटललाई दर्ता हुन सूचना प्रकाशनको तयारी गरेको छ।
विभागका महानिर्देशक डण्डुराज घिमिरे हाल सञ्चालनमा रहेका बुटिक तथा तारे होटललाई बर्गिकरणमा जान आग्रह गरेका छन्। नयाँ मापदण्डअनुसार, बुटिक होटेलहरू साधारण, डिलक्स र लक्जरी गरी तीन प्रकारका हुनेछन।
सेवा तथा सुविधाका दृष्टिकोणबाट साधारण बुटिकको स्तर तीनतारे, डिलक्स बुटिकको स्तर चार तारे र लक्जरी बुटिकको स्तर पाँचतारे रहने गरी बर्गिकरण गरिएको छ।
यस्तो छ बुटिक होटलको मापदण्ड
बाहिर तथा आन्तरिक स्वरुप नेपालको ऐतिहासिक, पुरातात्विक वा सांस्कृतिक मौलिकता झल्किने गरि पृथक बनावट एवं युनिक भएको होलटलाई बुटिक होटल भनिएको छ।
होटलको प्रवेशद्वार, परिसर, झ्याल तथा ढोकाहरु नेपाली मौलिकता झल्कने गरि निर्माण गरिएको हुनुपर्ने, होटलमा नेपाली मौलिक सांस्कृतिक झल्कने कला एवं संगीतको नियमित प्रदर्शन गर्ने स्थान तथा कलाकारको व्यवस्था हुनुपर्ने मापदण्ड राखिएको छ।
त्यस्तै कोठामा नेपालीपन झल्कने फर्निचरको प्रयोग भएको, भित्ताहरुको मौलिक संस्कृति तथा सम्पदा झल्किने गरि सजावट भएको हुनुपर्ने, सुत्ने कोठाको संख्या कम्तिमा साधारण होटलमा १५, डिलक्स स्तरमा २५ र लक्जरी स्तरमा ३५ वटा हुुनुपर्ने छ।
भौतिक सुविधा र सेवाको आधारमा हेरिटेज एवं बुटिक होटललाई साधारण, डिलक्स र लक्जरी गरी तीन बर्गमा राखिएको छ।
नयाँ मापदण्डअनुसार, हेरिटेज एवं बुटिक होटलको स्तरीकरण गर्ने समितिमा पुरातत्व विभागबाट सम्बन्धित क्षेत्रको ज्ञान भएको प्राविधिक अधिकृतसमेतलाई राखिने व्यवस्था गरिएको छ।












-(7)-1765197040.jpg)