कांग्रेस सांसद पौडेलकाे प्रश्न- उपत्यकामा खानेपानीकाे चरम अभाव छ, मन्त्रालय के हेरिरहेको छ?
आज (शुक्रबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खाने पानी सम्बन्धमा राज्यको नारा ‘राज्यको अभिभारा एक घर एक धारा’ रहेको स्मरण गराउँदै उनले संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकाको करिब ७० प्रतिशत घरहरुमा धारा भए पनि पानी नआउने गरेको बताए।
काठमाडाैं, फागुन १२ : कांग्रेस सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकाको पानी आपूर्तिमा भएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
आज (शुक्रबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खाने पानी सम्बन्धमा राज्यको नारा ‘राज्यको अभिभारा एक घर एक धारा’ रहेको स्मरण गराउँदै उनले संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकाको करिब ७० प्रतिशत घरहरुमा धारा भए पनि पानी नआउने गरेको बताए।
काठमाडौंका उपभोक्ता खानेपानी शुल्क तिरेर पनि जमिनमुनि र ट्यांकरको पानीमा निर्भर हुनुपरिरहेको उल्लेख गरे। ‘राज्यले पानी नआउने धारा जोडेबापत शुल्क नियमित लिन्छ। उपत्यकाको अधिकांश घरहरुमा जमिन मुनिको पानी र ट्यांकरबाट आपूर्ति गरेर पानीको आवश्यकता पुर्याउन पर्ने बाध्यता छ,’ उनले भने, ‘मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारणले ५० प्रतिशत चुहवाट छ।’
उनले राजधानीलाई अहिले दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्ने भए पनि अहिले काठमाडौंमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट मेलम्चीबाहेक ९ करोड लिटर र मेलम्चीको चुहवाटबाट बचेको झन्डै ८.५ करोड गरी १७.५ करोड लिटर पानी मात्रै आपूर्ति भइरहेको बताए।
काठमाडौंवासीले खानेपानीको चरम समस्या भोगिरहँदा खानेपानी मन्त्रालयले प्रभावकारी भूमिका खेल्न नसकेको बताए। ‘खानेपानी अभावको भयावह अवस्थामा हुँदा पनि खानेपानी मन्त्रालयले के गरिरहेको छ?’ उनले भने, ‘संसदलाई तत्काल जानकारी गराउन र समस्याको समाधान गर्न उचित योजना प्रस्तुत गर्न आग्रह गर्दछु।’
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










