राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, अन्त के भइरहेकाे भन्ने जानकारी छैन : ओली
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपाको संयुक्त बैठकले गत चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरिरहँदा ओलीले त्यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया पनि दिए।
काठमाडौं, फागुन १२ : एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन्। उम्मेदवार को हुने भन्ने विषयमा भोलि (शनिबार) टुंगो लाग्ने उनले बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपाको संयुक्त बैठकले गत चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरिरहँदा ओलीले त्यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया पनि दिए।
प्रतिनिधिसभाको आज (शुक्रबार) को बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘राष्ट्रपतिका लागि भोलि एमालेले उम्मेदवार मनोनयन दर्ता गर्छ, अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन।’
गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो। राष्ट्रपति चुनाव नजिकिँदै गर्दा भने उनी राष्ट्रिय सहमतिको अडान कायम राख्दै एमालेसँग टाढिएका छन्।
राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)