Kathmandu Press

ठूलाठूला भ्रष्टाचार काण्डको छानबिन गर्न कांग्रेस सांसद गुरूङको माग 

ठूलाठूला भ्रष्टाचार काण्डको छानबिन गर्न कांग्रेस सांसद गुरूङको माग 

काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसका सांसद धनराज गुरूङले मुलुकमा आर्थिक सुशासन कायम गर्न ठूला ठूला भ्रष्टाचार काण्डको छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गुरूङले मुलुकमा बढ्दै गएको आर्थिक संकटको समाधानका लागि भ्रष्टाचार काण्डको छानबिन हुनुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेसको उपसभापति समेत रहेका गुरूङले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला मान्छे भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । त्यसपछि मात्रै सुशासन कायम हुने उनले बताए । 
   
‘आर्थिक सुशासन कायम गर्न सकियो भन मात्रै आर्थिक संकटमोचन गर्न सकिन्छ । आर्थिक संकटमोचन गरेर मात्रै मुलुकमा आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ, सांसद गुरूङले भने ।  *सच्याइएकाे  

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्