राष्ट्रपतिको निर्वाचनमा एमालेसँग नेकपा एसकाे गठबन्धन हुन्न : धनश्याम भुसाल
आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति भइसकेकाले अब अर्को खालको गठबन्धन नहुने दाबी उनले गरे।
काठमाडौं, फागुन १२ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता घनश्याम भुसालले राष्ट्रपतिको निर्वाचनमा एमालेसँग गठबन्धन नहुने बताएका छन्।
आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले राष्ट्रपति निर्वाचनमा सहकार्य गर्नेबारे सैद्धान्तिक सहमति भइसकेकाले अब अर्को खालको गठबन्धन नहुने दाबी उनले गरे।
‘राष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेसँगको गठबन्धन बन्दैन। अहिले छलफलमा रहेका दलहरुबीच नै सहमति हुन्छ। अब कुनै गठबन्धन बन्दैन,’ उनले भने।
नेपाली कांग्रेस र नेकपा एसले राष्ट्रपतिमा दाबी गरिरहे पनि चारवटै दल एउटा साझा निर्णयमा पुग्ने दाबी उनले गरे। आज साँझ बस्ने बैठकले सबै टुंगो लगाउने उनले बताए।
प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)