साँझ ५ बजे निर्णायक छलफल गर्नेगरी सकियो बालुवाटार बैठक
छलफल सकारात्मक छ, अब आ–आफ्ना दलमा छलफल गरेर टुंगोमा पुग्छौं : गगन थापा
काठमाडौं, फागुन १२ : राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न बसेको चार दलको बैठक सकिएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घन्टा बसेको बैठक ठोस निर्णयमा नपुगि टुंगिएको हो ।
बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न विकल्पहरुमा छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् । बालुवाटार बैठकमा भएका छलफलका सम्बन्धमा आजै दलहरुले आ–आफ्नो पार्टीमा छलफल गर्ने र साँझ ५ बजे पुनः बस्नेगरी बालुवाटार बैठक सकिएको हो ।
महामन्त्री थापाले साँझ ५ बजे बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवारबारे निर्णय हुने बताएका छन् । उनले छलफल सकारात्मक रहेको र पुरानै गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार तय हुने दाबी गरे ।
‘छलफल सकारात्मक छ । विभिन्न प्रस्तावबारे छलफल भयो । अब आ–आफ्ना दलमा छलफल गरेर टुंगोमा पुग्छौं । अहिले विभिन्न प्रस्तावहरु आएपनि हामी सबै एउटै निष्कर्षमा पुग्ने भन्ने समझदारी बनेको छ,’ महामन्त्री थापाले भने ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










