Kathmandu Press

जन्मदिनकाे अवसरमा ओलीकाे आफ्नै युट्युब च्यानल ‘केपी बा’ सुरू

बिहीबार ७१ वर्ष पूरा गरेर ७२ वर्ष लागेका ओलीले आज (शुक्रबार) ट्विटरमार्फत च्यानल सुरु भएको जानकारी दिएका छन्।
जन्मदिनकाे अवसरमा ओलीकाे आफ्नै युट्युब च्यानल ‘केपी बा’ सुरू

काठमाडौं, फागुन १२ : एमाले अध्यक्ष केपी ओलीले आफ्नो जन्मदिनको अवसर पारेर बिहीबार (फागुन ११ गते)  ‘केपी बा’ नाम यूटुयुब च्यानल सार्वजनिक गरेका छन्।

बिहीबार ७१ वर्ष पूरा गरेर ७२ वर्ष लागेका ओलीले आज (शुक्रबार) ट्विटरमार्फत च्यानल सुरु भएको जानकारी दिएका छन्। ‘मेरो जन्मदिनको संदर्भ पारेर नयॉ युट्युब च्यानल ‘बा’ सुरु भएको छ,’ उनको ट्विटमा लेखिएको छ, ‘यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिनेछ।’ 

Hardik ivf

यो च्यानलमा अपलोड गरिएको पहिलो भिडियो को शीर्षक  ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ रहेको छ। २५ मिनेट लामो यो भिडियोमा अध्यक्ष ओलीले आफ्ना जीवनका मृत्यु नजिक पुगेका केही डरलाग्दा क्षणहरुका बारेमा चर्चा गरेका छन्। मृत्युदेखि कोही पनि डराउन नहुने सन्देश भिडियोले दिएको छ।

ओलीले जीवनमा अनुभव गरेका कुराहरु बायोग्राफीजस्तो भिडियो साम्रगी च्यानलमा राखिने बताएका छन्। 

बिहीबारदेखि सञ्चालनमा आएको यो च्यानलमा शुक्रबार अपराह्न १ बजेसम्ममा ११ सय ३० जनाले सब्सक्राइब गरिसकेका छन् भने पहिलो भिडियो ५ हजार ६ सय पटक हेरिएको छ।

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्