रुसले युक्रेनी भूमि छाड्नुपर्ने पक्षमा नेपालसहित १४१ देशको मतदान, भारत र चीन तटस्थ

काठमाडौं, फागुन १२ : नेपालले रुसले युद्ध बन्द गरी युक्रेनी भूमि छाड्नुपर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन विशेष सेसनमा भएको मतदानमा नेपालसहित १४१ देशले रुसले युक्रेनी भूभाग छाड्नुपर्ने पक्षमा मतदान गरेको हो ।
रुस–युक्रेन युद्धको एक वर्ष पूरा भएको छ । बिहीबार संयुक्त राष्ट्रसंघको सभाले रुसलाई युक्रेनमा युद्ध समाप्त गरी आफ्नो सेना फिर्ता बोलाउन भनिएको प्रस्ताव बहुमतले पारित गरको हो । नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्।
छिमेकी मुलुक भारत र चीन भने यस मामिलामा तटस्थ बसेका छन् । त्यस्तै रुस, बेलारुस, उत्तर कोरिया, माली, सिरिया लगायतका देशहरुले भने प्रस्तावको विपक्षमा मतदान गरे । पछिल्ला एक वर्षमा संयुक्त राष्ट्रसंघले विभिन्न चरणमा पेस गरेका प्रस्तावहरूमध्ये नेपाल सबैमा युक्रेनको पक्षमा उभिएको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










