Kathmandu Press

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा 

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा 

काठमाडौं, फागुन १२ : राष्ट्रिय टिमबाट विदेशमा पनि खेल्न पाउनुपर्ने माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा सर्वोच्च अदालतले आज सुनुवाई गर्दैछ। लामिछानेको मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । 

नाबालिग बलात्कारको कसुरमा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । धरौटीमा रिहा गरेपनि उच्चले लामिछानेलाई विदेश जान भने रोक लगाएको थियो । उच्च अदालतले गरेको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त बुँदाहरु हटाउन माग गर्दै लामिछाने बिहीबार सर्वोच्च पुगेका थिए ।

आज सर्वोच्चले लामिछानेको पक्षमा आदेश जारी गरे आइसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न जानेछन् ।

गत पुस २८ गते उच्च अदालतका न्यायाधीशद्वय  ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । उच्चले मुद्दाको पुर्र्पक्ष नभएसम्म उनलाई विदेश जान रोक लगाएको छ । 

महान्यायाधिवक्ताको कार्यालयले पनि सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा रिट दिएको छ ।  

प्रकाशित मिति: ११:२३ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्