Kathmandu Press

बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी 

आजको बैठकपछि पाँच दलीय गठबन्धन बिउतिने र सोही गठबन्धनबाट राष्ट्रपतिको साझा उम्मदवार चयन गर्ने नेताहरुको तयारी छ । 
बालुवाटारमा कांग्रेससहित चार दलको बैठक जारी 

काठमाडौं, फागुन १२ : नेपाली कांग्रेससहित चार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ ।

यसअघि हिजो साँझ बस्ने भनिएको बैठक कारणवश बस्न नसकेपछि आज बिहान बसेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरु सहभागी छन् । 

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन् ।

बैठक राष्ट्रपतिको निर्वाचनमा केन्द्रित रहेको छ । यसअघि बिहीबार माअ‍ोवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका थिए । साँझ एकीकृत समाजवादी र जसपाका नेताहरुसँगको बैठक भने विना निष्कर्ष टुंगिएको थियो । 

आजको बैठकपछि पाँच दलीय गठबन्धन बिउतिने र सोही गठबन्धनबाट राष्ट्रपतिको साझा उम्मदवार चयन गर्ने नेताहरुको तयारी छ । 

राष्ट्रपति निर्वाचनका लागि भोलि मनोननयन दर्ताको कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: १०:२५ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्