Kathmandu Press

राष्ट्रपतिबारे छलफलका लागि नेकपा एमालेले बोलायो सचिवालय बैठक

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने एजेन्डालाई प्राथमिकता राखेर छलफल गर्ने नेताहरुले बताएका छन् । 
राष्ट्रपतिबारे छलफलका लागि नेकपा एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, फागुन १२ : राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । 

बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने एजेन्डालाई प्राथमिकता राखेर छलफल गर्ने नेताहरुले बताएका छन् । 

सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले र प्रधानमन्त्री प्रचण्डसँग छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: ०८:४४ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्