Kathmandu Press

राष्ट्रपति उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक 

कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन शनिबार मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने गरी तयारी गरेको हो ।
राष्ट्रपति उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक 

काठमाडौं, फागुन १२ : नेपाली कांग्रेसले दलहरूसँग छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने भएको छ । 

कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन शनिबार मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने गरी तयारी गरेको हो । यसका लागि राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार विहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रपति उम्मेदवार हुन खोजेका छन्। 

यी दुईमध्ये एक जनालाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ। त्यसका लागि शनिबार (फागुन १३ गते) मनोनयन दर्ताको तालिका छ।

प्रकाशित मिति: ०८:१४ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्