Kathmandu Press

माओवादी, एकीकृत समाजवादी र जसपाबीचको बैठक विनानिष्कर्ष टुंगियो 

बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए ।
माओवादी, एकीकृत समाजवादी र जसपाबीचको बैठक विनानिष्कर्ष टुंगियो 

काठमाडौं, फागुन ११ : राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको छलफल विना निष्कर्ष सकिएको छ । 

सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकमा माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावबारे छलफल भएपनि निर्णय भने भएन । तर, आगामी दिनमा वाम समाजवादी मोर्चा बनाएर जाने विषयमा भने नेताहरु सकारात्मक देखिएको नेता ज्वालाले बताए । 

राष्ट्रपतिका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक बसेको हो । बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल,  नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

तीन दलको बैठकअघि प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छुट्टाछुट्टै छलफल गरेका थिए । पुरानो गठबन्धनमा रहेका दलहरुसँग छुट्टाछुट्टै छलफल गरी आजै कांग्रेससहितको बैठक बस्ने तयारी थियो । आज साँझ बस्ने भनिएको उक्त बैठक भने बस्न सकेन । 

प्रकाशित मिति: २१:३७ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्