जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ : अध्यक्ष यादव

काठमाडाैं, फागुन ११ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताएका छन।
आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्षनेतासँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएको जानकारी दिए।
उनले भने, 'जबसम्म अहिलेको सरकार साझेदार दलहरूको लाइन क्लियर हुँदैन तबसम्म नयाँ–पुरानो के अर्थ हुन्छ र ? को कता भन्ने लाइन क्लियर भएको छैन, तर प्रधानमन्त्रीले सार्वजनिकरूपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राख्नुभएको छ ।'
निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । अहिले सिंहदरबारमा जसपा, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रको बैठक बसिरहेको छ ।
राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










