Kathmandu Press

मन्त्रिपरिषद बैठक : शनिबारबाहेकका बिदामा पनि महत्वपूर्ण सरकारी कार्यालय खाेल्ने प्रस्ताव

शनिबार बाहेकको बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो ।
मन्त्रिपरिषद बैठक : शनिबारबाहेकका बिदामा पनि महत्वपूर्ण सरकारी कार्यालय खाेल्ने प्रस्ताव

काठमाडाैं, फागुन ११ : सरकारी बिदा धेरै भएकाे भन्दै मन्त्रिपरिषदकाे बैठकमा छलफल भएकाे छ। शनिबारबाहेकका सार्वजनिक बिदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको हाे ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक बिदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्न सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको हो ।

शनिबार बाहेकको बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो ।

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्