Kathmandu Press

लिग-२ खेल्न युएई जाने टोलीमा सन्दीप लामिछाने परेनन् 

लिग-२ खेल्न युएई जाने टोलीमा सन्दीप लामिछाने परेनन् 

काठमाडौं, फागुन ११ : आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न सन्दीप लामिछाने नजाने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समावेश नगरी युएई जाने खेलाडीको सूची तयार पारेको हो ।क्यानले सन्दीपको ठाउँमा प्रतिस जिसीलाई राखेको बताइएको छ । 

घरेलु मैदानको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई युएई लैजान क्यानले पनि पहल गरेको थियो । सन्दीप आफैले पनि राष्ट्रिय टोलीबाट विदेशमा खेल्न जान पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । उनले दिएको निवेदनमा शुक्रबार पेसी तोकिएको छ । 

नाबालिग बलात्कारको मुद्दामा सन्दीप २० लाख धरौटीमा रिहा भएका थिए । रिहा भएपनि उनलाई विदेश जान भने रोक लगाइएको छ । सोहीकारण युएईमा हुने त्रिकोणात्मक सिरिज खेल्ने टोलीमा सन्दीप नपरेका हुन्। 

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्