Kathmandu Press

कलाश्री सम्मान मानन्धरलाई

आफू सम्मानित भएपछि कलाकार मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए।
कलाश्री सम्मान मानन्धरलाई

काठमाडौं, फागुन ११ : नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिँदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९ सालका लागि विभिन्न स्रष्टालाई समर्पण गरिएको छ। कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई कलाश्री सम्मान अर्पण गरियो। 

त्यस्तै रू एक लाख राशिको कलाश्री पुरस्कार समालोचक प्रा डा लक्ष्मण गौतम, रू ७५ हजार राशिको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार साहित्यकार भूपिन, रू ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार ललित फोटोग्राफर जगदीश तिवारी, रू ५० हजार राशिको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार डा टङ्क उप्रेती र  रू ५० हजार राशिको पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार गायिका मेलिना राईलाई प्रदान गरियो। 

Hardik ivf

आफू सम्मानित भएपछि कलाकार मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पुर्‍याएको विशिष्ट योगदानको प्रशंसा गरे।

संस्थाका प्रमुख संरक्षक डा विमल कोइरालाले कलासाहित्य शाश्वत हुने बताए।  प्रतिष्ठानका अध्यक्ष मोमिलाले संस्थाले पन्ध्रवर्षीय मार्गचित्रलाई कार्यान्वयन गरिसकेको भए पनि अझ निरन्तर क्रियाशील भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। समारोहमा सम्मानित र पुरस्कृत स्रष्टाको परिचय सर्जक महेश पौड्यालले दिएका थिए।

प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्