Kathmandu Press

माअ‍ोवादी र जसपाका नेताहरुबीच छलफल सुरु

आज नै माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच छलफल भएपछि साँझ ६ बजे माओवादी केन्द्र, जसपा, नेकपा एसले नेपाली कांग्रेससँग छलफल गर्ने कार्यक्रम तय भएको छ।
माअ‍ोवादी र जसपाका नेताहरुबीच छलफल सुरु

काठमाडौं, फागुन ११ : माअ‍ोवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल सुरु भएको छ।

राष्ट्रपति निर्वाचनको विषयमा हुने छलफलमा माओवादी केन्द्रका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी छन् भने जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्।

राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्ने मिति नजिकिँदै गर्दा उनीहरुले साेही विषयमा छलफल गर्न लागेका हुन्। नयाँ गठबन्धन बनाउने विषयमा पनि छलफल हुने बताइएकाे छ।

आजै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच पनि भेटवार्ता भइसकेको छ। आज नै माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच छलफल भएपछि साँझ ६ बजे माओवादी केन्द्र, जसपा, नेकपा एसले नेपाली कांग्रेससँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि पार्टीका शीर्ष नेताहरूसँग अध्यक्ष यादवले छलफल गरेका थिए। पुरानै गठबन्धन ब्युँताउने कांग्रेस र माओवादी केन्द्रको प्रस्तावमा जसपा सकारात्मक देखिएको बताइएको छ।

प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्