Kathmandu Press

घरेलु मैदानमा लिग–२ को सिरिज जित्ने खेलाडीलाई २ लाख दिने प्रधानमन्त्रीको घोषणा 

प्रधानमन्त्री प्रचण्डले आउने दिनहरुमा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट यस्तै जितको अपेक्षा रहेको बताए ।
घरेलु मैदानमा लिग–२ को सिरिज जित्ने खेलाडीलाई २ लाख दिने प्रधानमन्त्रीको घोषणा 

काठमाडौं, फागुन ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा क्लीन स्वीप गर्ने खेलाडीलाई प्रतिव्यक्ति २ लाख पुरस्कार दिने घोषणा गरेका छन्। 

बिहीबार राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई बालुवाटारमा आमन्त्रण गरी बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले प्रोत्साहनस्वरुप प्रत्येक खेलाडीलाई दुई लाख पुरस्कार दिने घोषणा गरेका हुन् । उनले खेलाडीहरुको उत्कृष्ठ प्रदर्शनले नै देशले जितेको बताउँदै खुशी व्यक्त गरे । यसले देशको गौरव बढाएको प्रधानमन्त्रीले बताए । 

प्रधानमन्त्री प्रचण्डले आउने दिनहरुमा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट यस्तै जितको अपेक्षा रहेको बताए । उनले सम्पूर्ण नेपालीका तर्फबाट खेलाडीहरुलाई बधाई समेत दिएका छन् ।  

खेलाडीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीले खेलले देशको गौरवसँगै अर्थतन्त्रको उत्थानमा पनि महत्वपूर्ण भूमिका निभाउने बताए । त्यसकारण आफू सरकारमा हुँदा र सरकारबाहिर हुँदा खेलाडीहरुको हितको पक्षमा रहने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरे । 

खेलाडीहरुले पनि प्रधानमन्त्रीको हौसलाले आफूहरु थप उत्साहित भएको बताए । 

सबै तस्बिर : प्रदीपराज वन्त

kheladi badhai1677148103.jpg

41677148122.jpg

51677148122.jpg

21677148121.jpg

31677148121.jpg

81677148123.jpg

71677148123.jpg

61677148123.jpg

sandeep1677148124.jpg

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्