Kathmandu Press

‘प्रचण्डजीले पुस १० गते नै सहमति गर्नुभाछ, राष्ट्रपतिमा कांग्रेसलाई सपोर्ट गर्न मिल्दैन’

‘उहाँले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन । किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभाछ,’ ओलीले भने ।
‘प्रचण्डजीले पुस १० गते नै सहमति गर्नुभाछ, राष्ट्रपतिमा कांग्रेसलाई सपोर्ट गर्न मिल्दैन’

काठमाडौं, फागुन ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि पत्रकाहरुसँगको कुराकानीमा ओलीले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीले पनि एमालेकै उम्मेदवारलाई सहयोग गर्ने बताएका हुन्। 

उनले सरकार गठन हुने दिन नै प्रचण्डले एमालेसँग सम्झौता गरिसकेकाले पछि हट्न नपाउने  र नमिल्ने बताए । ‘उहाँले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन । किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभाछ,’ ओलीले भने ।

ओलीले यसो भन्दै गर्दा प्रधानमन्त्री प्रचण्ड भने पाँच दलीय गठबन्धन ब्युँताएर कांग्रेससँगकै सहाकार्यलाई निरन्तरता दिने तयारीमा छन् । बिहीबार नै सिंहदरबारमा तत्कालीन गठबन्धनको घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग यसबारेमा छलफल गरेका छन् । 

लगत्तै आजै एकीकृत समाजवादी र जनता समाजवादीलाई सँगै राखेर छलफल गर्ने तयारी प्रचण्डको छ । त्यसपछि पुरानो पाँच दलीय गठबन्धनको बैठक साँझ ६ बस्न लागेको छ । 

वर्तमान सरकार समिकरण भत्किन नदिन ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेका थिए । 

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्