Kathmandu Press

माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आजै बस्ने 

पुरानो पाँच दलीय गठबन्धनबीच आज साँझ ६ बजे छलफल राखिएको छ । त्यसअघि ५ बजे माओवादी, एकीकृत समाजवादी र जसपाले छुट्ै छलफल गर्न लागेका हुन् ।  
माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक आजै बस्ने 

काठमाडौं, फागुन ११ : राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न तीन दलको बैठक बस्ने भएको छ । नेकपा माअ‍ोवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आज साँझ बैठक बस्ने भएको हो । 

राष्ट्रपतिको उम्मेदवारको विषयमा निर्णय गर्न दलहरुको तीव्र दौडधुप छ । आजै दिउँसो प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा आधा घन्टाभन्दा लामो छलफल भएको थियो । 

सोही भेटवार्तामा साँझ जनता समाजवादीलाई पनि राखेर छलफल गर्ने सहमति भएको हो । सिंहदरबार भेटवार्तापछि पत्रकारहरुसँगको कुराकानीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले साँझ पुनः छलफल गर्ने सहमति भएको जानकारी दिएका छन् । 

सिंहदरबारको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावबारे छलफल भएको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्रीले आफू सकारात्मक भएपनि कांग्रेस लगायतका दलसँग छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णयमा पुग्ने जवाफ दिए । 

पाँच दलीय पुरानो गठबन्धनबीच आज साँझ ६ बजे छलफल राखिएको छ । त्यसअघि ५ बजे माओवादी, एकीकृत समाजवादी र जसपाले छुट्टै छलफल गर्न लागेका हुन् ।  

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्