कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान मृत फेला

काठमाडौ, फागुन ११ : सुर्खेतमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको हो। बिहान ३ बजेतिर घटना भएको र त्यतिबेला विक ड्युटीमै थिए ।
विकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: १०:२६ बजे, बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










