बैंकिङ कसुरमा ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं, फागुन ११ : ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।
बैंकिङ कसुरको मुद्दामा भेटवाललाई आज बिहान उनकै घरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो।
भेटवालकै निर्माण कम्पनी, जलेश्वर स्वछन्द विव्कोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यू टावर बनाउने ठेक्का पाएको थियो ।
भेटवाल यसअघि २०७५ वैशाखमा एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए।
भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको थियो।
प्रकाशित मिति: १०:०९ बजे, बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










