स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओ प्रमुख गेब्रेयससबीच भेटवार्ता
विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्ड पुगेका मन्त्री गिरीले गेब्रेयसससँग भेटवार्ता गरेका हुन् ।
काठमाडौं, फागुन ११ : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।
विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्ड पुगेका मन्त्री गिरीले गेब्रेयसससँग भेटवार्ता गरेका हुन् ।
भेटमा मन्त्री गिरी र गेब्रेयसबीच विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम र उन्मूलनमा खेलेको भूमिकालगायत विषयमा छलफल गरेका थिए ।
प्रकाशित मिति: ०८:४२ बजे, बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










