चुनावअघिकै गठबन्धन ब्युँताउने देउवा र दाहालबीच समझदारी
चुनावअघिकै गठबन्धन ब्युँताउनेगरी समझदारीमा पुगेको र यसमा एकीकृत समाजवादी र जनता समाजवादीबीच पनि एक चरणमा कुराकानी भएको र आज बिहीबार सबै विषयमा प्याकेजमा निष्कर्षमा पुग्ने एक नेताले बताए ।
काठमाडौं, फागुन ११ : नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ ।
चुनावअघिकै गठबन्धन ब्युँताउनेगरी समझदारीमा पुगेको र यसमा एकीकृत समाजवादी र जनता समाजवादीबीच पनि एक चरणमा कुराकानी भएको र आज बिहीबार सबै विषयमा प्याकेजमा निष्कर्षमा पुग्ने एक नेताले बताए ।
देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकलगत्तै सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।
त्यसलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका प्रभावशाली नेताहरू घनश्याम भुसाल र बेदुराम भुसालसँग छलफल गरेका थिए ।
उनीहरूसँगको छलफलपछि केही पदाधिकारीसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पुरानै गठबन्धन ब्युँताउन प्रस्ताव गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीले निर्णय गर्ने अधिकार आफूलाई दिएको भए पनि बिहीबार नेताहरूसँग बसेर निर्णय गर्ने बताएका थिए ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










