स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीनै खेलाडीलाई धरौटीमा छाड्न काठमाडाैं जिल्ला अदालतकाे आदेश
बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई धराैटीमा छाड्न आदेश दिएकाे हाे।
काठमाडाैं, फागुन १० : जिल्ला अदालत काठमाडौंले स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीन जना खेलाडीलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि महबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई धराैटीमा छाड्न आदेश दिएकाे हाे।
न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेपाउनेले जानकारी दिए ।
९ देखि २७ पुसमा काठमाडौंको कीर्तिपुरमा भएको नेपाल टी-२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो । त्यस क्रममा प्रहरीले आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको थियो । प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेको नवीन कँडेल र रवि माझी भने फरार छन् ।
प्रकाशित मिति: २०:२५ बजे, बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










