Kathmandu Press

धुम्बाराहीबाट बालुवाटार पुगे कांग्रेस र एसका शीर्ष नेताहरू

धुम्बाराहीबाट बालुवाटार पुगे कांग्रेस र एसका शीर्ष नेताहरू

काठमाडाैं, फागुन १० : नेपाली कांग्रेस र नेकपा एसका शीर्ष नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचनका विषयमा धुम्बाराहीमा छलफलपछि अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू प्रधानमन्त्रीको निवास पुगेका हुन।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिइरहेका बेला कांग्रेससहितका दल भने पूरानो पाँच दलीय गठबन्धन ब्युँताउने प्रयत्नमा छन् ।
 

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्