Kathmandu Press

चिनियाँ राजदूत छनले भेटे माधव नेपाल

आज (बुधबार) नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवासमा राजदूत छन पुगेका थिए।
चिनियाँ राजदूत छनले भेटे माधव नेपाल

काठमाडौं, फागुन १० : नेपालका लागि चिनियाँ राजदूत छन सङले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्‍यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।

आज (बुधबार) नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवासमा राजदूत छन पुगेका थिए। भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएको र र राजदूत छनले पनि नेपाल आउन पाउँदा खुसी लागेको बताउॅदै आफ्नो सफल कार्यकालका लागि सबैबाट सहयोगको अपेक्षा राखेको बताएको नेपालको सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार उनीहरूबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ। राजदूत छनले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए। उनले केही दिनअघि उनले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए।

राष्ट्रपति निर्वाचन नजिकिएका बेला उनको यसखालको भेटघाटलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्