Kathmandu Press

प्रकाश दूतराज र मेलिना राईको गीतकाे भिडियाे सार्वजनिक

प्रकाशले मंगलबार आफ्नै नाममा रहेको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।
प्रकाश दूतराज र मेलिना राईको गीतकाे भिडियाे सार्वजनिक

काठमाडौं, फागुन १० : लोकगायक प्रकाश दूतराजले कौडा भाकाको नयाँ गीत ‘जुन माया’को भिडियो सार्वजनिक गरेका छन्।  

उनले मंगलबार आफ्नै नाममा रहेको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्।

Hardik ivf

प्रकाशले  युट्युबमा करिब ३ करोड भ्युज पाएको आफ्नो हिट गीत  ‘घर कता हो बैनीको’ को सिक्वेलका रूपमा यो गीत प्रस्तुत गरेका छन्। आफ्नै स्वरमा रहेको गीतमा गायिका मेलिना राईको पनि स्वर रहेको छ।

गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ। संगीत संयोजन भने श्यामश्वेत रसाइलीले गरेका हुन्। म्युजिक भिडियोको निर्देशक मौसम हिमालीले गरेका हुन्। प्रकाश दूतराज, विजय पुन, जुना सुन्दास र आयुष्मा कार्कीको अभिनय भिडियोमा देख्न सकिन्छ। 

भिडियो अनिल के मानन्धरको छायांकन र नवीन घर्तीमगरको सम्पादनमा तयार भएको हो।

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्