Kathmandu Press

उम्मेदवारको जरिबाना मिनाहा गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

अधिवक्ता लोकेन्द्र ओलीले आज (बुधबार) सर्वोच्चमा रिट दायर गरेका हुन्। यो रिटको पेसी १२ फागुनमा तोकिएको छ।
उम्मेदवारको जरिबाना मिनाहा गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, फागुन १० : स्थानीय तहका उम्मेदवारको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

पूर्वपत्रकारसमेत रहेका अधिवक्ता लोकेन्द्र ओलीले आज (बुधबार) सर्वोच्चमा रिट दायर गरेका हुन्। यो रिटको पेसी १२ फागुनमा तोकिएको छ।

रिटमा जरिबाना रकम माफी मिनाहा दिन सिफारिस गर्ने मन्त्रिपरिषद् र सिफारिसमाथि निर्णय गर्ने राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाइएकाे छ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।

राष्ट्रपतिले मन्त्रिपरिषद्को माघ ४ गतेको सिफारिसमा यही फागुन ५ मा जरिवाना माफी मिनाहको निर्णय गरेकी थिइन्।

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्