Kathmandu Press

दयाहाङ र प्रकृति अभिनित चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक

टिजरमा प्रकृति सरकारी जागिरे र दया सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ। उनीहरूबीचको बिहेको प्रसंगलाई चलचित्रको मूल विषय बनाइएको छ। 
दयाहाङ र प्रकृति अभिनित चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक

काठमाडाैं, फागुन १० : नेपाली चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक भएको छ।

दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत उक्त चलचित्रको टिजर आज (बुधबार) बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

टिजरमा प्रकृति सरकारी जागिरे र दया सरकारी जागिरको खोजीमा रहेको देख्न सकिन्छ। उनीहरूबीचको बिहेको प्रसंगलाई चलचित्रको मूल विषय बनाइएको छ। 

प्रवेश पौडेलले निर्देशन गरेको  ‘बिहे पास’मा अन्य कलाकारमा रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नवीन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय देख्न सकिन्छ।

रोहित कट्टेलको प्रस्तुतिमा बनेको उक्त चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माता छन्। मित्रदेव गुरुङले सम्पादन चलचित्रको छायांकन शिव ढकालले गरेका छन्।

आगामी वैशाख १ गतेदेखि यो चलचित्र प्रदर्शनमा आउँदैछ। यही मितिमा दयाहाङ र मिरुना मगर अभिनीत अर्को चलचित्र ‘जारी’ पनि प्रदर्शन हुँदैछ।

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्