Kathmandu Press

राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य : केसी

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री एउटा दलको, सभामुख अर्को दलको रहेको स्थितिमा राष्ट्रपति कांग्रेसको भए सन्तुलन कायम हुने बताए।
राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य : केसी

काठमाडाैं, फागुन १० : कांग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रपतिका विषयमा विभिन्न दलका आफ्नै दाबी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने र जित्ने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री एउटा दलको, सभामुख अर्को दलको रहेको स्थितिमा राष्ट्रपति कांग्रेसको भए सन्तुलन कायम हुने बताए।

मुलुकमा देखिएको आर्थिक विकृतिलगायतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उनको भनाइ थियो।

उनले कांग्रेसको उम्मेदवारलाई माओवादी केन्द्रलेले पूर्ण समर्थन गर्ने दाबी पनि गरे। अरूको गठबन्धन तोड्नेभन्दा पनि अस्थिरताको कारक कांग्रेस बन्न नचाहने केसीले स्पष्ट पारे।  

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्