Kathmandu Press

राष्ट्रपतिका लागि एमाले मात्र होइन कुनै दलले पनि प्रस्ताव गरेको छैन : नेकपा एस

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बुधबारको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अबको राष्ट्रपतिमा प्रस्ताव गरेको विषयमा आएका समाचार भ्रामक भएको बताए।
राष्ट्रपतिका लागि एमाले मात्र होइन कुनै दलले पनि प्रस्ताव गरेको छैन : नेकपा एस

काठमाडौं, फागुन १० : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले राष्ट्रपति पदका लागि आफ्नो पार्टीलाई एमालेलगायत अन्य कुनै पनि दलले प्रस्ताव नगरेको बताएको छ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बुधबारको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अबको राष्ट्रपतिमा प्रस्ताव गरेको विषयमा आएका समाचार भ्रामक भएको बताए।

‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा कुनै पनि पार्टी कुनै पनि प्रस्ताव गरेको छैन,’ उनले भने, ‘भोलि कसैले प्रस्ताव गरे त्यसैअनुरूप पार्टीले धारणा बनाउँछ।’ राष्ट्रपति उम्मेदवार राष्ट्रिय सहमतिमा बनाउन छलफल चलाउने निर्णय पार्टीले गरेको उनले जानकारी दिए।

उनले राष्ट्रपतिको निर्वाचनमा जोसुकैसँग सहकार्य हुन सक्ने बताउँदै उनले भने, 'राष्ट्रपति पद र पार्टी एकताका विषयमा डिल हुन सक्दैन।’ 

पूर्वराजासहित विभिन्न क्षेत्रबाट संविधान र व्यवस्थाविरुद्ध उठेको आवाज र गतिविधिप्रति पार्टीको ध्यानाकर्षण भएको पनि उनले बताए। त्यस्ता गतिविधिलाई निरुत्साहित गर्न दलहरूसँग छलफल थाल्ने निर्णय गरिएको बताउँदै उनले भने, ‘हिन्दुराज्य, राजतन्त्रका विषयमा भएको प्रतिगामी षड्यन्त्र चिर्न लोकतन्त्रवादीहरूलाई एक ठाउँमा उभ्याउन सुरुआत गर्ने निर्णय भएको छ।’

सम्मानित नेता झलनाथ खनालले पनि राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही नभनेकाले हल्ला मात्रै भएको भनेर बुझ्नुर्पो बताए। उनले एमालेसँग अहिले पार्टी एकता हुन नसक्ने संकेत पनि गरे।

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्