सांसद चौधरीको निलम्बन फुकुवा
आन्दोलनका क्रममा ट्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए।
काठमाडौं, फागुन १० : नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुनकुमार चौधरीको निलम्बन फुकुवा भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको कैद मिनाहा भएको व्यहोराको पत्र सदनलाई जानकारी गराएपछि सांसद चौधरीको निलम्बन फुकुवा भएको हो।
आन्दोलनका क्रममा ट्याक्टरमा आगजनीको घटनामा सांसद चौधरी जेल परेका थिए।
प्रकाशित मिति: १५:०१ बजे, बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










