लघुवित्तकाे ऋणले थलिएकाकाे समस्या समाधानका लागि गगनले सुझाए यी उपाय
आज (बुधबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले लघुवित्तको ऋणले थला परेकालाई गरिबीको आहालबाट निकाल्न राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने र अन्य सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए।
काठमाडौं, फागुन १० : कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले लघुवित्तबाट ऋण लिएकाको समस्या समाधानका लागि केही उपाय बताएका छन्।
आज (बुधबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले लघुवित्तको ऋणले थला परेकालाई गरिबीको आहालबाट निकाल्न राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने र अन्य सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए।
अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर परीवेक्षण गर्दै गर्दा मुठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको उनले बताउँदै उनले समस्या समाधानको उपाय सुझाएका छन्।
राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै उनले आफ्ना सुझाव कार्यान्वयनका लागि जोड दिए। ‘साँच्चिकै मर्कामा परेकाको राहतका लागि चाहे त्यो सिएसआर फन्ड होस चाहे क्लाइन्ट प्रोडक्सन फन्ट होस् त्यो बैंक र वित्तीय संस्थाहरुसँग छ त्यो फण्डको प्रयोग गर्ने,’ उनले भने, ‘बदनियतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने।’
एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गनुपर्ने सुझाउँदै उनले भने, ‘सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने, वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा तल्लो तहसम्म लिएर जाने ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










