‘लमही-तुलसीपुर सडक बेलैमा नबन्दा २२ जनाले ज्यान गुमाएको बारे कसले जवाफ दिन्छ?’
आज (बुधबार) प्रतिनिधि सभामा विशेष समय लिएर उनले उक्त सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग गरे।
काठमाडौं, फागुन १० : दाङ-३ का कांग्रेस सांसद दीपक गिरीले लमही-घोराही-तुलसीपुर सडक समयमै नबन्दा २२ जनाले ज्यान गुमाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
आज (बुधबार) प्रतिनिधि सभामा विशेष समय लिएर उनले उक्त सडक ३० महिनामा सकिने भनिएको चार वर्ष हुँदासमेत पूरा नभएको भन्दै उनले सडक विभाग र सरकारले जवाफ दिनुपर्ने माग गरे।
‘त्यो सडक वर्षामा हिलाम्मे र हिउँदामा धुलाम्मे हुने हुँदा पनि सरकार मौन रहनुको कारण सोध्दै उनले जवाफ दिने निकाय सडक विभाग हो कि अरु नै रहेको भनी वास्तविक कुरा आउनुपर्नेमा उनले जाेड दिए।
‘त्यो बाटो नबन्दा चार वर्षको दौरानमा त्यो बाटोबाट हिड्नेहरुमध्ये २२ जनाको मृत्यु भयो। वर्षामा हिलाम्मे हिउँदामा धुलाम्मे हुन्छ,' उनले भने, ‘यसबारे सरकार किन मौन ? यसको जवाफ कसले दिने हो ? सडक विभाग हो कि को हो ? वास्तविक कुरा आउनुपर्यो।’
प्रकाशित मिति: १४:१७ बजे, बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










