Kathmandu Press

रघुजी पन्तको प्रश्न– हाम्रो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ? 

रघुजी पन्तको प्रश्न– हाम्रो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ? 

काठमाडौं, फागुन १० : नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालको राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशीले अनावश्यक चासो राखेको प्रति आक्रोश व्यक्त गरेका छन् ।  

राष्ट्रपतिको निर्वाचन अगाडि भारतीय विदेश सचिव क्वात्राको नेपाल आगमन र एस डी मुनीको ट्वीटबारे बोल्दै सांसद पन्तले सरकारले अनावश्यक विदेशी हस्तक्षेपलाई बढावा नदिन विदेशीहरुसँगको भेटलाई नियमित गर्न आग्रह गरे ।

भारतका विदेश सचिवले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री लगायत देशका प्रमुख व्यक्तिहरु सबैलाई सहज रुपमा भेट्न दिएको र यसले देशको सम्मानमा आँच आउने उनले बताए । 

‘हाम्रो परराष्ट्र सचिव जाँदा यही ढंगको ट्रिट भारतबाट पाउँछ ? यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने ?,’ उनले भने । 

यसबारे परराष्ट्र मन्त्रालयले यथाशिघ्र नियमन गर्न पन्तले माग गरे । ‘यसलाई नियमित गरियोस् र परराष्ट्र मन्त्रालयले इमिडियट् विदेशी राजदूतहरु, विदेशी पदाधिकारीहरु आउँदा कसरी त्यसलाई नियमन गर्ने हो, देशको स्वाभिमानलाई पनि यो नगरी नहुने भयो,’ उनले भने ।    

  
 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्