Kathmandu Press

लाल आयोगबारे प्रधानमन्त्रीको धारणा नआए सदनमा अवरोध थाल्ने चेतावनी

‘प्रधानमन्त्रीको धारणा नआए हामी आजैदेखि सदन विरुद्धको तयारी थाल्न बाध्य हुनेछौंं,' उनले भने।
लाल आयोगबारे प्रधानमन्त्रीको धारणा नआए सदनमा अवरोध थाल्ने चेतावनी

काठमाडौं, फागुन १० : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को धारणा माग गरेको छ ।

बुधबारकाे प्रतिनिधिसभामा विशेष समय लिएर नाउपाका सांसद गंगाराम थारूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न विगतदेखि नै पटकपटक भनिरहेकाे भए पनि प्रधानमन्त्रीबाट यो धारणा व्यक्त नभएको भन्दै उनले आपत्ति जनाए।

लाल आयोगबारे प्रधानमन्त्रीको धारणा नआए सदनमा अवरोध थाल्ने तयारीमा नाउपा रहेको उनले बताए। ‘प्रधानमन्त्रीको धारणा नआए हामी आजैदेखि सदन विरुद्धको तयारी थाल्न बाध्य हुनेछौंं,' उनले भने।

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्